Thursday, April 23, 2020

Coronavirus News (52)





केपी ओलीको गन्तव्य : अब कता ?
एकचोटि प्रधानमन्त्रीजीसँग भेट्नैपर्‍यो भन्ने दबाव आयो : डा. सुरेन्द्र यादव 'नयाँ पार्टी बनाउन सजिलो छैन, थ्रेसहोल्ड पनि छ'
राजपा–सपा एकीकरण : मधेस मामिलामा ओलीको असफलता पार्टी फुटाउने ओलीको सपना अझै मुर्झाइसकेको छैन ..... नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने, झण्डा समाजवादीकै रहने र चुनावचिन्ह राजपाको (छाता) रहने ....... कोरोनाको महामारीविरुद्ध लड्नुपर्ने बेलामा बालुवाटारमा बसेर साना पार्टी फुटाउने षडयन्त्रको ड्राफ्ट गर्नतिर दैनिक १८ घण्टा खटेका प्रधानमन्त्री ओली ....... अब जनता समाजवादी पार्टी (जसपा) नेपालको तेस्रो ठूलो राष्ट्रिय दल बन्न पुगेको छ । ...... मधेसकेन्द्रित विभिन्न ६ वटा दल मिलेर बनेको राजपा र बाबुरामको नयाँ शक्ति अनि उपेन्द्र यादव नेतृत्वको समाजवादी मिलेर बनेका समूहरु एकतावद्ध हुनु भनेको केपी ओलीको मधेस रणनीति असफल हुनु नै हो । ...... महामारीविरुद्ध राष्ट्रलाई एकतावद्ध बनाउनुपर्ने बेलामा पार्टी फुटाउने नकारात्मक खेलमा लागेका प्रधानमन्त्री ओलीलाई राजपा र समाजवादी पार्टीले तत्काल एकीकरण गरेर जवाफ दिएका छन् । राजपा समाजवादीले दिएको यो जवाफ तात्कालिक अर्थको मात्र छैन, आगामी चुनावको शक्ति सन्तुलनमा समेत यसले सत्तारुढ नेकपालाई असर गर्ने देखिन्छ ।
प्रधानमन्त्रीले भने- अध्यादेश फिर्ता लिन्छु
भैँसेपाटी बैठकको निष्कर्ष : अध्यादेश फिर्ता लिनुको विकल्प छैन
ओलीले अध्यादेशको बचाउ गर्दा प्रचण्ड मौन भीम रावलले जनाए असहमति, सीमापारिका नेपालीको उद्धार गर्न सांसदको माग ..... सरकारले ल्याएको अध्यादेशपछि नेकपाको शीर्ष नेतृत्वमा किचलो देखिएपछि पार्टी फुट्ने हो कि भन्ने चिन्ता माथिदेखि तलसम्म फैलिएको छ । ....... प्रधानमन्त्री निवासमा आयोजित छलफलमा सांसदहरूको जिज्ञासा कोरोना कसरी भगाउने भन्दा पनि पार्टी एकता जोगाउने र विवादित अध्यादेशतिरै केन्द्रित थियो । ....... पहिलो वरीयताका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरूलाई लामो पृष्ठभूमि बाँधेर अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयास गरिरहँदा प्रचण्डचाहिँ मौन बसेका थिए । ........ सरकारका कार्यशैलीसँग विमति राख्दै आएका नेता भीम रावलले नीतिगत विषयमा आफ्ना केही कुरा रहेको भन्दै अध्यादेशप्रति असहमति राखेका थिए । ...... प्रधानमन्त्री ओलीले कतिपय नेता र सांसदहरूले आफू स्मार्ट देखिनका लागि सरकारका नकारात्मक कुरा मात्र गर्ने प्रवृत्ति रहेको भन्दै भाइरल बन्न खोज्ने प्रवृत्तिले कसैलाई फाइदा नगर्ने बताएका थिए ।
नेकपाको सचिवालयमै अध्यादेश ढिसमिस ! कोरोनाको महामारीविरुद्ध राष्ट्रिय एकताको खाँचो परिरहेका बेला पार्टी फुटाउन सजिलो पार्ने अध्यादेश पारित गरेर शीतलनिवास पठाएपछि प्रधानमन्त्री ओली सचिवालय बैठकमा उभिएका थिए । ...... क्याबिनेटमा उर्जामन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री घनश्याम भुसालले अध्यादेशको विरोध गरेका थिए । ........ त्यतिबेलासम्म सरकारले ल्याएको अध्यादेशविरुद्ध सामाजिक सञ्जाल गर्माइसकेको थियो । देशभरिका नेकपा कार्यकर्ता तरंगित बनेका थिए । ...... नेकपा फुट्न पो लागेको हो कि भन्ने प्रश्न सर्वत्र फैलिइसकेको थियो । ...... नौ भाइ नेताहरु हतार–हतार बालुवाटारमा जुटे । ...... सोमबार अघिसम्म प्रधानमन्त्री ओलीको पक्षमा ईश्वर पोखरेल र विष्णु पौडेल मात्र खुलेर लागेका थिए । रामबहादुर थापा बादलको झुकाव ओलीतिरै देखिए पनि खुलिसकेका थिएनन् । ...... प्रचण्ड–माधव खेमामा सचिवालयका बहुमत अर्थात, ५ जना सदस्य देखिन्थे । ...... आफ्नो निर्णय आम जनमानसमा कति अलोकप्रिय छ र कति विरोध भइरहेको भन्ने कुरा प्रधानमन्त्रीले मतलब गरेजस्तो देखिँदैनथ्यो ।
समाजवादी-राजपा एकीकरण : प्रदेश २ मा खुशीको माहौल 'टुटफुटको इतिहासलाई यहीँबाट रोकिनुपर्छ' ....... ‘जुन उद्देश्यले प्रधानमन्त्रीज्यूले अध्यादेश ल्याउनुभयो, त्यो पूरा भएन’ ...... ‘व्यापक माग थियो मधेशमा यो दुवै पार्टी एक हुनुपर्छ भनेर’ ....... रातारात भएको यो एकतालाई दुवै दलका जिल्लास्तरका नेताहरुले स्वागत गरेका छन् । ..... मध्यरातमा एकीकरण भयो,’ महासचिव पटेलले भने, ‘सञ्चारमाध्यम हेरिरहेका छौं, विस्तारै थाहा होला ।’ ..... ‘वर्षौं पहिले हुनुपर्ने एकता हो, प्रधानमन्त्रीले ल्याएको अध्यादेशले गर्दा अहिले एकता भयो,’ उनले भने, ‘अब छिन-छिनमा मोहमा परेर पार्टी फोड्नेभन्दा कार्यकर्ता र संगठन बनाउनमा ध्यान जाओस् ।’ ....... संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको समयमा भएको एकीकरणले मधेसी जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने
पार्टी फुट्दैन, एकताको बाँकी काम लकडाउनपछि पूरा गर्छौँ : महतो बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले पत्रकारहरूसँग कुरा गर्दै अहिले कोरोना भाइरसबाट जीवनरक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम पछि गर्ने बताए । उनले भने, ‘पहिले जनताको जीवनरक्षा गर्नुपर्‍यो । लकडाउनपछि एकताको बाँकी प्रक्रिया पूरा गर्छौँ ।’...... उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको दाबी गरे । ...... नेताहरूको पद बाँडफाँट गरिएको छैन । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ ।
‘अपहरण’मा परेका सांसद यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगे पार्टी फुटाउन ‘अपहरण’ को शैलीमा जनकपुरबाट काठमाडौं ल्याइएका सांसद डा. सुरेन्द्र यादव होटलबाट फुत्केर समाजवादी पार्टीको सम्पर्कमा पुगेका छन् । ..... यादवले घटनाबारे थप केही बताउन मानेका छैनन् । उनी आफूलाई काठमाडौं ल्याउने मानिसहरुबाट डराइरहेका छन् । ..... डा. यादवलाई नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको टोली राति ३ बजे काठमाडौं ल्याइपुर्‍याएको पाण्डेले बताए । ....... राति काठमाडौं ल्याइएका यादवसँगै समाजवादी पार्टीका केही सांसदलाई नक्शालस्थित मेरियट होटलमा राखिएको समाजवादी पार्टीको भनाइ छ ।
पार्टी एकीकरणको खुसियालीमा जसपाका कार्यकर्ताद्वारा दीपावली पार्टी एकीकरण भएको खुसियालीमा सप्तरीका नेता/कार्यकर्ताहरुले बिहीबार साँझ दीपावली गरेका छन् । सदरमुकाम राजविराजस्थित गजेन्द्र चोकमा जसपाका कार्यकर्ताले संयुक्त रुपमा मैनबत्ती प्रज्वलन गरेका हुन् । ....... अब मधेशको मागलाई सशक्त रुपमा उठान गर्न सजिलो हुने विश्वास समेत व्यक्त गरे ।
डा. सुरेन्द्र यादव प्रकरणका अनुत्तरित प्रश्न लकडाउन छिचोल्दै ‘देश र जनताको हितमा’ जनकपुर पुगेका थिए सर्वेन्द्र ? ....... सांसद यादवको कथित ‘अपहरण’ मा खनालको मात्र नभएर देशको कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली र उनकै विश्वासपात्र सांसद महेश बस्नेतलगायतको पनि नाम मुछिएको छ । .... प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा काठमाडौँबाट गएको प्रहरी टोलीले डा. यादवलाई जनकपुरबाट अपहरण गरेको दाबी गरे । ....... रातोपाटीसँगको कुराकानीको क्रममा मन्त्री यादवले सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ, पूर्व आईजीपी सर्वेन्द्र खनाल र महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको मिलेमतोमा डा. यादवको अपहरण भएको दावी गरे । ....... यस विषयमा रातोपाटीले सोही बेला नै बस्नेतलाई सम्पर्क गरेको थियो । तर, उनले आफू काभ्रेस्थित ससुरालीमा रहेको प्रतिक्रिया दिएका थिए । कुनै गलत मनसायका साथ डा. यादवलाई काठमाडौँ ल्याइएको थिएन भने बस्नेतले किन झुट बोल्नुपर्ने आवश्यकता किन प¥यो ? प्रश्न अनुत्तरित छ । ....... लगभग १२ घण्टापछि मिडियाको सम्पर्कमा आएका डा. यादवले भनेका छन्, ‘मलाई अपहरण गरिएको होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि आएको हुँ ।’ तर, साथसाथै उनले आफूलाई काठमाडौँ जान मन नरहेको र ‘दबाब’ का कारणमात्र आएको पनि स्पष्ट पारेका छन् । ......... यता, पूर्व आइजीपी खनालले आफू ‘देश र जनताको हितको लागि काम गर्ने’ क्रममा जनकपुर पुगेको र सोही क्रममा लकडाउनको बेला यादवको ‘उद्धार’ गरेर काठमाडौँ ल्याएको स्पष्टिकरण फेसबुकमार्फत दिएका छन् । ........... घटनाका कडीहरुलाई जोड्दा तीन भाइको जनकपुर यात्रा नै शंकास्पद छ । किनभने लकडाउनमा एउटा सांसदलाई उद्धार गर्न पूर्व आइजिपीदेखि लिएर सांसदद्वय नै काठमाडौँबाट जनकपुरसम्म जानुपर्ने त्यस्तो गम्भीर अवस्था प्रकाशमा आएको छैन । ...... यादवले पनि प्रष्टरुपमा आफूलाई प्रधानमन्त्रीको दबाबमा काठमाडौँ ल्याइएको स्पष्ट पारिसकेका छन् । ........ राजनीतिक खिचातानीमा महेश बस्नेत र किसान श्रेष्ठको नाम मुछिनुलाई सामान्य मानिए पनि प्रहरी संगठनको नेतृत्व गरेर हालसालै अवकाश पाएका व्यक्तिले राजनीतिक षड्यन्त्रमा प्रत्यक्ष सहभागी हुनुलाई आश्चर्यका रुपमा हेरिएको छ । जबकि खनालले अवकाश पाएको ३ महिना पनि पूरा भएको छैन । .......... स्रोत भन्छ, खनाल पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त पदमा नियुक्त हुन लविङमा रहेका छन् ।' प्रधानमन्त्री ओलीलाई खुसी पारेर आयुक्त हुनैका लागि खनाल अराजनीतिक काममा लागेको स्रोतको दाबी छ । ....... पूर्वप्रधानमन्त्री र बहालवाला प्रदेश गृहमन्त्रीले लगाएको आरोप गम्भीर रहेकाले सबैमाथि अनुसन्धान हुनुपर्ने सुरक्षाविद्हरुको भनाइ छ । ....... यस प्रकरणमा अध्यक्ष उपेन्द्र यादव मौन रहे पनि लकडाउनका बेला पार्टी फुटाउन सांसदलाई जनकपुरबाट काठमाडौँ ल्याउन भूमिका खेलेको भन्दै खनाललाई कारवाही गर्न पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माग समेत गरेका छन् । ....... निर्मला हत्याकाण्ड, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या प्रहरीबाटै हुनुदेखि प्रहरी संगठनका भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यालयमै छापा मारेर कागजात नियन्त्रणमा लिएको जस्ता घटनाले खनालको कार्यकाल बदनाम बनेको थियो । अवकाश पाएसँगै केही समय गुमनाम खनालको नाम ‘सांसद अपहरण’ जस्तो गम्भीर विषयमा जोडिएको छ ।
ओलीविरुद्ध भैंसेपाटीमा अर्को मोर्चाबन्दी, यस्तो छ बैठकको निष्कर्ष समग्र पार्टी र सरकारकोे मूल्यांकन गर्नुपर्ने नेताहरुको जोड ....... सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको बैठकले विवादित अध्यादेश तत्काल फिर्ता गर्नुको विकल्प नभएको निष्कर्ष निकालेका छन् । सो पार्टीको नौ सदस्यीय सचिवालयमध्येका ६ जना नेताहरु यस्तो निष्कर्षमा पुगेका हुन् । .... यसअघि पनि भैंसेपार्टीमा ओलीविरुद्ध मोर्चाबन्दी गर्दै सचिवालयका ५ नेताहरुको बैठक बसेको थियो । सो बैठकपछि नै ओली पार्टीमा एक्लिँदै गएका थिए ।
झण्डै ११ वर्षपछि यसरी सम्भव भयो राजपा–समाजवादीबीचको एकीकरण समाजवादी पार्टीमा रेणु यादवको नेतृत्वमा छुट्टै पार्टी बनाउने तयारी भइरहेको थियो भने उता राजकिशो यादव र अनिलकुमार झा पनि राजपा नेपालबाट अलग हुने मनस्थिति बनाइरहेका थिए । ....... दुई पार्टीमा एकीकरण भएपनि अहिलेसम्म पार्टीको नाम, झण्डा र चुनाव चिन्हबाहेक अरु कुनै विषयमा कुरा मिलेको छैन । पार्टीको नेतृत्व कसले गर्ने, कुन मोडेलमा पार्टी सञ्चालन हुने, पार्टीको आधिकारिक राजनीतिक लाइन के हो लगायतका कुनै विषयमा कुरा मिलेको छैन । .... अहिले एकीकृत पार्टीको पहिलो वरियताक्रममा महन्थ ठाकुर र दोस्रो डा.बाबुराम भट्टराई राख्ने सहमति भएको छ भने अन्य अरु पदहरुमा पनि सबै नेताहरुलाई सम्मानजनक तरिकाले समायोजन गर्ने सहमति भएको राजपा नेपालका प्रवक्ता केशव झाले बताए ।
अनि विभाजनबाट जोगियो समाजवादी पार्टी... संसद ४० प्रतिशत पुर्याएर समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले आफ्नो नेतृत्वमा पार्टी विभाजन गर्ने तयारी गरेकी थिइन् । ...... समाजवादी पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, उपाध्यक्ष एवम् प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, वरिष्ठ नेता अशोक राई विहान सबेरै रेणु यादवको निवासमा पुगेका थिए । सबै नेताहरु उनको घरमा पुगेपछि रेणु यादवले कुनै गतिविधि गर्न नै पाइनन् । ....... उपाध्यक्ष रेणु यादवलाई साथ दिएका नेताहरुलाई रातिदेखि उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले पछ्याइ रहेका थिए । प्रदीप यादवले राति नै आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै रेणु यादवको साथ छाडेका थिए । त्यसैगरि, डा.सुरेन्द्र यादवलाई पनि समाजवादी पार्टीका नेताहरुले आफ्नो सम्पर्कमा ल्याउन सफल भएका छन् भने उता रेणु यादवको घरमा हिजैदेखि सबै नेता डेरा जमाएपछि पार्टी फुटाउने नेताहरुले केही थप निर्णयहरु गर्न सकेनन् । ...... अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले इस्तियाक राइ लगायत अन्य असन्तुष्ट नेताहरुसँग पनि भेटेका छन् । उनीहरुलाई अझै सम्झाइ बुझाइ गरिरहेका छन् । तर, उनीहरुको असन्तुष्टिलाई सम्बोधन गर्न सकिरहेका छैनन् । ...... राजपा र समाजवादी पार्टीको एकता नै समाजवादी पार्टी नटुक्रिनुको रामवाण साबित भएको छ । दुई पार्टी एकीकृत नभएको भए सायद पार्टीलाई विभाजन हुनबाट कसैले रोक्न सक्ने थिएन । ...... स्रोतका अनुसार समाजवादी पार्टी टुक्रा हुनबाट जोगाउन नेपालस्थित भारतीय दूतावासको पनि भूमिका रहेको छ । दूतावास शुरुदेखि राजपा र समाजवादीलाई एकीकृत गराउने पक्षमा थियो । दूतावासले पटक–पटक दुवै दलको बीचमा एकीकरण होस् भनेर पहल गरिरहेको थियो । ....... समाजवादी पार्टी फुट्ने चर्चा शुरु भएको थियो । सोही चर्चामा दूतावासले पनि खेल्यो । दुवै पार्टी एकीकरण नभए समाजवादी पार्टीलाई विभाजनबाट कसैले बचाउन सक्दैन भने सन्देश उपेन्द्र यादव समक्ष पु¥यायो । ...... त्यसपछि उपेन्द्र यादवले हतार हतारमा बैठक बोलाएर राजपा नेपालसँग एकीकरणका लागि तयार भए । अघि उनले राजपा नेपालका सबैलाई बराबर हैसियत दिन तयार नभएका यादव सबैलाई समान हैसियत दिनसम्म तयार भए । अर्थात् राजपा नेपालका नेताहरुको माग पूरा गर्दै यादव एकीकरणका लागि तयार भएका छन् । ..... एकीकरणमा सहमति भएपछि यता दूतावासले पनि समाजवादी पार्टी टुक्राउनमा सक्रिय भएका सांसदहरुलाई सम्पर्क गरेर पार्टी विभाजन नगर्न दबाव दिएको थियो । त्यसमध्ये कतिपय सांसद तत्कालै दूतावासको कुरा मानेर पछाडी हटे भने कतिपयले पछिसम्म अडानमा रहे । दूतावासका एक पदाधिकारीले भने, ‘फुट्नु राम्रो होइन, जुट्नु राम्रो हो हाम्रो प्रयास पनि दलहरु जुटुन् भन्ने नै हो, अब के गर्नुहुन्छ उहाँहरुले गर्नुहुन्छ ।’

Tuesday, April 21, 2020

The Medicine Men Of Yesterday



The medicine men of yesterday -- and yes, they are mostly men -- that clog the arteries of Capitol Hill and the White House and the myriad institutions that serve the interests of the Wall Street money men -- and yes, they are mostly men -- prescribe to you medicines from another era. They respond to today's problems with yesterday's solutions. They intend to jumpstart the economy as if lack of cash in rich people's pockets is what has called this global strike. If you were to take Covid-19 patients to them, they would give them flu shots with utmost confidence. They might even do it on prime time TV.

The smug men of "science" -- and yes, they are almost all men -- who run China think protein is protein. Men learned of protein long before they learned about viruses. And sometimes science is one step ahead of the virus, sometimes the virus is two steps ahead of science, for it mutates and gets deadlier. In their zeal for wild animals to eat, they unleash virus after virus, small epidemics to large ones.

The exponential growth of the pandemic is no different from the exponential graph of climate catastrophe that the world has been drawing for itself. And so this pandemic is also an opportunity for the world to put itself on a path to tackle climate change.

Testing is easy. Everyone on earth staying home at once for three weeks in a row would be the most effective and the least disruptive, or nearly everyone, for the essential workers are still needed and should be first in line for medical testing. Three weeks is plenty of time for the infected to get symptomatic. The first few symptoms -- cold, cough, possibly fever -- are not that different from flu symptoms. But no discrimination needs to be made. Let them self-identify and self-isolate. But if they move on also to other symptoms like shortness of breath, pain, and loss of taste and smell, then that is guaranteed COVID-19 infection and they should be given medical attention. Let the armies of the world erect tent hospitals in every village on earth.

But this global lockdown can not happen unless a world government is created at zip speed. These tent hospitals can not be erected fast enough and will lack supplies and personnel unless every national army acts like it is but one battalion in a global army.

And people will have to be fed in their homes. It has to be strictly demand and supply with no money involved. You take food to everywhere it is needed. Feed everyone everywhere. Redirect as much of every development budget as necessary. Food growers and handlers are also essential workers. Fund Charity: Water to the full and make it obsolete.

Figure out ways to mass educate people everywhere on the best practices when it comes to basic hygiene, social distancing, and wearing of masks, and inhaling steam and drinking hot water.

All along be working on the vaccine.

And spend these weeks to create forward-looking programs that will resurrect the global economy. The starting point has to be Universal Basic Income.

China Should Read The Bible
Coronavirus News (51)
Coronavirus News (50)
Coronavirus News (49)
Coronavirus News (48)
Elizabeth Warren Would Be A Great Choice
Human Capital Takes Center Stage Amidst The Pandemic
What Could Work In India
Defunding WHO: A Crime Against Humanity
Michelle Obama For VP
The Virus Asks For Out Of The Box Thinking
Germany And South Korea Have Shown What The US Needs To Be Doing
Remote Work And Excellence
TikTok Distant
The Virus And The Politicians
Working Remotely Permanently To Solve Global Warming
The Police: Don't Stand So Close To Me
AOC Is Joshua?
Make Believe
Imagine FDR Delegating World War II To Governors
Glaring Holes In The Two Trillion Bill Coming Out Of Capitol Hill
The City That Never Sleeps Is A Ghost Town
Time For Universal Basic Income Has Arrived
It Was Stupid To Inject 1.5 Trillion Into The Stock Market
Coronavirus News (1)
The Coronavirus Pandemic Is Like The Spanish Flu (1918-1922)
The Most Responsible Head Of State On The Planet



The Next Recession Might Force The US To Do Universal Basic Income (on February 11, 2019)